थापालाई सरकारकाे प्रवक्ताको जिम्मेवारी

sf7df8f}F, @& h]7 . gjlgo'Q ;~rf/ tyf ;"rgfk|ljlwdGqL g}gsnf yfkf laxLaf/ dGqfnodf :jfut sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M rGb|snf If]qL,/f;;
सेयर गर्नुहोस्
173Shares

काठमाण्डाै

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले प्रायः सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।