मेचीमहाकाली बुहारी संयुक्त आवाजले दियो विपन्न परिवारलाई राहात

सेयर गर्नुहोस्
3Shares

भगवती न्यौपाने /पाल्पा

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले रैनादेबी छहरा गाँउपालीका वडा नं. ७ अन्तरगर मा रहेका गहते, काउले , चिदिपानी , लौतपानी , सुकादमार र बल्ढेङ्गमा रहेका ६८ घर परिवारका बिपन्न परिवारका जनतालाइ खाध्यन्न् बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरन्जीव नेपालको पच्चिस हजार सहयोगका साथै सोहि स्थानमा जन्म भइ हाल यु.के. बस्ने भोज बहादुर लम्तरी, सोहि स्थानमा जम्म भइ हाल चितवनमा बस्ने कल्पना खड्का लगाएत साबिकको पाल्पा बल्ढेङ्गढीमा जन्म स्थान रहि हाल देशका विभिन्न स्थानमा र बिदेशमा बस्नु हुने दाजुभाइ दिदीबैनीहरू र अन्य दाताहरुको सहयोग रहेको थियो । यस्तै सिद्यार्थ बिकास केन्द्र द्धारा २ जना गर्भवति , एक जना सुत्केरि , ४ जना किशोरिहरू लाइ मर्यादा किट संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलले वितरण गर्नु भएको छ । कार्यक्रम रूपन्देही शाखा , कपिलबस्तु शाखा, पाल्पा शाखकोका संयोजकत्व मा भएको को थियो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्का को अध्यक्षता, छहरा गाँउपालीका वडा न. ७ का वडा अध्यक्ष लोकेन्द्र बहादुर खड्का को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मेचिमहाकाली बुहारी संम्युक्त आवाज नारायणी अञ्चल सल्लाहार तथा सामाजिक व्यक्तित्व कल्पना पौडेल खड्का, युवा नेता झपेन्द्र रायमाझी, कपिलबस्तु संयोजक चन्द्रा अर्याल , पत्रकार अम्बिका परियार लगायतका व्याक्तिहरूले मन्तब्य राख्दै यो संस्थाले पाल्पा जिल्लाकै पिछडिएका जनताहरूलाइ कोरोनाको बन्दा बन्दीमा गरेको कार्यलाइ अत्यन्तै उदाहरणीय भएको बताउनु भएको थियो साथै आगमी दिनमा पनि यस संस्थाले उक्त ठाउँमा सहयोग गर्ने प्रतिबद्धता गरेको छन् ।

स्मरण रहोस् यो भन्दा पहिला पनि उक्त ठाउँमा रहेको गहते मा.बि मा अक्षय कोष तथा स्टेसनरि र व्याग बितरणा गरेको थियो । भौगोलिक रूपमा कठिन रहेका गाउहरूमा सहयोग गर्ने संस्थाको मुल उद्धेस्य अन्तर्गत उक्त स्थानमा सो कार्यक्रम गरेको जानकारी संस्थाका अध्यक्ष यमु शर्मा सुब्वले र लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिष्टले जानकारि दिनु भएको थियो । कार्यक्रको संयोजक रूपन्देहीका सदस्य इश्वरी पन्त भुषाल र रूपन्देही शाखाका सह सचिब इन्द्र बि.कको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।