मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै

कास्की 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्।
६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन्।

विपक्षी गठबन्धनले पनि बहुमत जुटाउन गाह्रो छ। विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन एक मत आवश्यक छ।

प्रदेशमा माधवकुमार नेपाल पक्षका एक जना मात्रै सांसद छन्। उनले मुख्यमन्त्री गुरूङलाई नै सघाउने यसअघि बताइरहेका थिए।

विपक्षी गठबन्धनले बुधबार मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई निर्देशन दिएका थिए।
प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन्।
सत्ता र विपक्षी कसैले पनि बहुमत नजुटाए मध्यावधि निर्वाचनमा जान सक्ने आँकलनसमेत भइरहेका छन्।

मनाङ्गे विपक्षी गठबन्धनमा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८९३० अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई दोहोर्‍याए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले विहीबार (२७ गते) प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

उनीसँग बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिएको थियो । त्यसले विश्वासको मत नपाएपछि अर्को सरकार नबन्ने भएकाले प्रदेशसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गर्ने गुरुङको तयारी थियो ।

तर विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।

प्रतिक्रिया