जनमोर्चा सांसदको पुनर्बहालीबिरुद्ध पुनरावलोकन मुद्दा दर्ता

सेयर गर्नुहोस्
2Shares

काठमाण्डौँ

गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा पुनरावलोकन मुद्दा परेको छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारी​ पुनरावलोकन मुद्दा दर्ता गराएका हुन् ।

मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ भने सो को पेशी बिहीबारका लागि तोकिएको छ । स्मरण रहोस् गण्डकीमा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।

सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको सन्दर्भमा भ्याकेट निवेदन परेको हो । गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको भन्ने मुख्य कारण देखाई उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम जनमोर्चाको सिफारिसमा हटाइएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।