निषेधाज्ञाको समयमा बुटवलदेखि झापा यात्रु लैजाने बस चालक कारबाहीमा

सेयर गर्नुहोस्
15Shares

बुटवल

निषेधाज्ञाका उलंघन गरी बुटवलदेखि झापाको काँकडभित्तासम्म यात्रु लगेको भन्दै प्रशासन कार्यालयले बस चालकलाई कारबाही गरेको छ।

यात्रु लिएर आएको ना ४ ख ५१५२ नम्बरको यात्रुबहाक बसलाई दमक ४ स्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले रोक्न खोज्दा चालकले बस हाँक्दै भागेका थिए।

दमक बसपार्कमा पार्किङ गरिराखिएको उक्त बसलाई प्रहरीले चेकजाँच गर्दा विना इजाजत २३ यात्रु बोकेर आएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

निषेधाज्ञा उंलघन गरेकोले बस चालकलाई नियन्त्रणमा लिई कारबाहीका लागि प्रशासनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई ५ हजार रुपैयाँ जरिवाना गरेर छोडिएको प्रशासन कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।