पटक पटक विजुली जादाँ कपिलवस्तु बासी समस्यामा

सेयर गर्नुहोस्
448Shares

गुलाम अली/कपिलबस्तु

बढदो गर्मी र लकडाउनका कारण बिधुत गइरहेने कारण कपिलबस्तुका स्थानीयहरु समस्यामा परेका छन् ।
निषेधज्ञामा सबैलाई घरमा बस्ने आग्रह प्रशासनले गरेको छ तर झाप्य झाप्प बिजुली गइरहेको हुँदा घरमा बस्ने कि बाहीर बस्ने कहाँ बस्ने कपिलबस्तुबासीहरुले बताउछन् ।
केही समयदेखि कपिलबस्तुमा झाप्य झाप्प बिजुली गइरहेने र केही सयमपछि आउने प्रक्रिया चलिरहेकोे छ । केही ठाँउमा भन्ने घण्टौसम्म पनि आउँदैन । यस्ले गर्दा आमनागरिकको दैनिकीमा असर परिहेको छ ।
लकडाउनमा घरमै बसेर काम गर्नैहरु र अत्यावश्यक सेवा दिनेहरु पनि पटक पटक बिजुली जाँदा हैरान भएका स्थानीय कपिलबस्तु नगरपालिका १ का प्रकाश घिमीरेले बताए ।
कपिलबस्तुमा अहिले तापक्रम ४० डिग्री सम्म पुगेको छ , बिहाना र रातीको समयमा कम्तिमा ५ देखि ७ पटक लाइन गइरहेको हुँदा जनजीवन झन कष्टकार बनेको यशोधारा गाँउपालिका राजु पान्डेले बताएका छन् ।
यतिबेला मुलुक लकडाउन छ । देशभरमा उधोग प्रतिष्ठान , कालकारखाना , कार्यालयहरु प्रया जसो बन्द छन् । यस्तो बेला बत्ती नजानुपनै हो । प्राबिधिक समस्याले गर्दा लाइन गइरहेको तौलिहवा बिधुत प्रतिकरण प्रमुख सत्य नारायन कर्मीले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।