मन्त्रिपरिषद पुनर्गठन : राष्ट्रपति भण्डारीद्वारा चुनावको मिति तोकिँदा देउवालाई अस्वीकार, ओलीलाई स्वीकार

काठमाडौं

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रतिकुल मन्त्रिपरिषद् पुनर्गठन गरेको टिप्पणी गरेका छन् । शुक्रबार पुनर्गठित मन्त्रिपरिषद्का सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि विघटित संसदका काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाणले निर्वाचनको मिति तोकिएपछि पुनर्गठन गर्न यसअघि राष्ट्रपतिले अस्वीकार गरेको स्मरण गराए ।

चुनाव घोषणा गरिसकेको अवस्थामा यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेलामा सरकार पुनर्गठन गर्न राष्ट्रपतिसँग परामर्श गर्दा निर्वाचनको मिति तोकिएको हुँदा पुनर्गठन गर्न अस्वीकार , उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

माओवादी केन्द्र एमालेसँग चुनाव गठबन्धनमा जोडिएपछि ०७४ मा निर्वाचन घोषणापछि देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्ने खोजेका थिए । तर त्यतिबेला अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठनका लागि अस्वीकार गरेकी थिइन् ।

यतिबेला प्रधानमन्त्री ओली संसद विघटन गरी आगाडि कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तोकिसकेको अवस्थामा मन्त्रिपरिषद पुनर्गठन भएको छ ।

प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी(जसपा) को महन्थ ठाकुर राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरिरहेका ४ जना बाहेक अधिकांशलाई  २ जना थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

रातोपाटीबाट

प्रतिक्रिया