मन्त्री बनेका ‘दीपक मनाङे’ द्वारा शपथ ग्रहण

कास्की

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ ।

अविश्वासको प्रस्ताव ‘फेस’ गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई सामाजिक विकास मन्त्रालय फुटाएर मन्त्री बनाउनुभएको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चा लगायतले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । जनमोर्चाका सांसद खिमविक्रम शाही संसद् बैठकमा अनुपस्थित भएलगत्तै हिजो हुने भनिएको मतदान स्थगित भएको थियो ।

प्रतिक्रिया