रोल्पामा भीषण आगलागी, २५ घर जलेर नष्ट

सेयर गर्नुहोस्
559Shares

रोल्पा ।
रोल्पाको नुवागाउँबाट सोमबारदेखि सुरु भएको भीषण आगलागीका कारण पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन्। त्रिवेणी–२ नुवागाउँ स्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने, ‘पूरै गाउँ शोकमग्न छ। यहाँका २५ घर आगोमा परेर जलेका छन्। मानिसहरूको घर र सम्पत्ति सबै खरानी भएको छ।’
तीन दिनदेखि लागेको आगो नियन्त्रणमा लिन स्थानीयले भरमग्दुर प्रयास गरे पनि सकेका थिएनन्। ‘आगो निभाउन खोज्दा पनि बेस्सरी हावा लागेकाले सम्भव भएन,’ स्थानीय ईश्वरी घर्तीमगरले भनिन्। एक जंगलबाट फैलिएको आगो त्यसपछि दर्जन सामुदायिक वनमा फैलिएको छ। त्रिवेणीबाट फैलिएको आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ।

हालसम्म गोठसहित ४० वटा घर जलेर नष्ट भएको छ। आगोलागीका कारण पशु चौपाय मरेका छन भने खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ । सबैभन्दा बढी क्षति पुगेको पिराले गाउँमा प्रजिअ, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र रेडक्रसका प्रतिनिधि राहत लिएर घटनास्थल पुगेका छन्।

निरन्तर आगलागी भएकाले गाउँभरी धुँवा र तुँवालो फैलिएको छ। आगलागीपीडितको उद्धार गर्न र आगो नियन्त्रण गर्न स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। प्रहरीका अनुसार तीन दिनभित्र २ सय हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुको चार नम्बरमा तपाईंको मास्क खोइ अभियानलाइ तिव्रता , सवारी साधनमा जोर बिजोरमा निगरानी
अगिल्लो पोस्ट मास्क नलगाउने ४५ जनाले लिए प्रहरीको १५ मिनेट प्रशिक्षण