कपिलवस्तु जिल्लाको वाणगंगामा कोरोनाका कारण एक पुरुषको मृत्यु

कपिलवस्तु

कोरोना संक्रमणका कारण कपिलवस्तुको बाणगंगामा एक जना पुरुषको निधन भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ धन्कौली निवासी ३३ बर्षिय एक पुरषको कोरोनाको कारण ज्यान गएको हो ।

केहि दिन अघि कोरोनाको लक्षण देखिएपछि उनलाई बुटवलमा भर्ना गरिएकोमा आज विहान ५ बजे पुरुषको आफ्नै निवासमा निधन भएको बताइएको छ ।

मृतक पुरुष राजापानीको एक होटलमा काम गर्थे । अहिले यो संगै जिल्लामा मृतकको संख्या ३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं FacebookYouTube मा पनि जोडिन सक्नुहुन्छ ।