कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तको मायादेवी गाउँपालिकामा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३ निवासी बैतुल्लाह मुसलमानकी पत्नी ४५ बर्षीय सहारुन निसाको मृत्यु भएको हो ।

उनी घरबाट बगैचामा गोबरको गैठा लिन जाने क्रममा एक्कासी चट्याङ लागेको थियो । चट्याङ लागेपछि थप उपचारका लागी अस्पताल लाने क्रममा उनको विहान ११ः१० बजेको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

घटना विहान घटेको भएता पनि प्रहरीलाई भने दिउँसो मात्र खबर गरिएको र खबर पाए लगत्तै प्रहरीको टोेली घटनास्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाईएको जनाएको छ ।

प्रतिक्रिया