आज माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने !

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । नेता देबेन्द्र पौडेलका अनुसार दिउँसो २ बजे पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने छ ।प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको कुरा लेखेरै दिने बताइसक्नु भएको छ । आइतबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीमा जसरी नै केन्द्रमा पनि सरकार परिवर्तनको खेल सुरु हुने बताउनुभएको थियो ।

उत, कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बनाउँने प्रक्रिया अघि बढ्न नसक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया