विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघ्यो : कोरोना

काठमाण्डाै

विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघेको छ ।

विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देश हुन् ।

यी तीन देशमा मात्रै १०  लाखभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको ज्यान गइसकेको छ । यस्तै भारतमा एक  लाख ७७ हजार एक सय ६८ जनाको ज्यान गएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको ज्यान गएको छ ।

पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको ज्यान जाने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया