आइपिएल : मुम्बईको दोस्रो जीत

काठमाडौं

भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जीत हात पारेको छ । मुम्बईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो ।

मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदराबाद १९।४ ओभरमा १३७ रनमा समेटियो । ओपनर जोनी बेयरस्टोले ४३ तथा कप्तान डेभिड वार्नरले ३६ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । मुम्बईका ट्रेन्ट बोल्ट र राहुल चहरले ३(३ तथा जसप्रीत बुमराह र क्रुनाल पान्ड्याले १(१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो । उसका लागि क्विन्टन डिककले ४०, रोहित शर्माले ३२ रन बनाएका थिए भने कायरन पोलार्ड ३५ रनमा अविजित रहे । हैदराबादका मुजीब उर रहमान र विजय शंकरले २(२ विकेट लिए भने खलील अहमदले १ विकेट लिएका थिए ।

हैदराबादको यो लगातार तेस्रो हार हो । मुम्बईले भने तीनमध्ये दुई खेल जितेको छ ।प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । दिउँसो हुने खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने छ भने बेलुका दिल्ली क्यापिटल्स र पञ्जाब किङ्स खेल्ने छन् ।

प्रतिक्रिया