बोइलर कुखुराको मासुमा नयाँ रेकर्ड

सेयर गर्नुहोस्
2Shares

काठमाडौं

पछिल्लो समय कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।

लकडाउनमा प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको कुखुराको मासुको मूल्य अहिले ४ सय १३ रूपैयाँ पुगेको छ।

बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए।

उनका अनुसार विगत २–३ दिन देखि बजारमा कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको हो। यस अघि ३ सय ९८ रूपैयाँ कायम थियो।

पहिलो पटक कुखुराको मासु प्रतिकिलो ४ सय १३ रूपैयाँ पुगेको उनी बताउँछन्।

‘कुखुराको मासुको मूल्य अहिलेसम्म यति पुगेका थिएन, यो पहिलो पटक  हो,’ उनले भने।

बजारमा उत्पादन कम हुनु र भएका उत्पादनमा पनि वर्डफ्लु तथा अन्य भाइरसका कारण नष्ट गरिएको हुँदा मूल्य बढेको हो।

अहिले काठमाडौंमा ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ८० रहेको कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेलले जानकारी दिए। त्यस्तै, तराईमा भने प्रतिकेजी २ सय ६० रूपैयाँ तोकिएको छ।

कुखुराको मासुको मात्रै होइन अण्डाको मूल्य पनि बढ्न सक्ने नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताए।

उनकाअनुसार प्रतिक्यारेट २० रूपैयाँसम्म बढ्न सक्ने छ। हाल अण्डा प्रति क्यारेट ३ सय ४० रूपैयाँ किसानले पाएका छन्।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here