खुल्ला सिमानाका कारण कपिलवस्तुमा कोरोनाको त्रास, कपिलवस्तु भित्र १० जना सक्रिय संक्रमित , कहाँ कति

नवराज बेल्वासे

लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा खुल्ला सिमानाका कारण कोरोनाको जोखिम उच्च रहेको छ । जिल्लाको कृष्णनगर तथा खुनुवा सिमानामा भारतबाट आउने यात्रुहरुको संख्या बढे पछि कपिलवस्तुमा पनि कोरोनाको जोखिम बढेको हो ।

कोरोनाको दोस्रो लहर चलेपछि  थप सचेत हुनु पर्ने देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले कपिलवस्तुमा १० जना सक्रिय संकमित रहेको जनाएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका ३ जना, बुद्धभुमि नगरपालिका १ जना, कृष्णनगर नगरपालिकामा १ जना, शिवराज नगरपालिकामा ५ जना गरी जिल्ला भित्र १० सक्रिय संक्रमित रहेका हुन् । संक्रमित मध्ये ८ जना पुरुष र २ जना महिला हुन् । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा २० जना पुरुष र ८ जना महिला रहेका छन् ।

प्रतिक्रिया