माधव-झलनाथ पक्षकाे भेलामा नजान महासचिव पोखरेलको निर्देशन

काठमाडाैं

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय भेलामा आफ्ना नेता/कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिनुभएकाे छ ।

ओली पक्षका नेतासमेत रहेका महासचिव पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी राष्ट्रिय भेला बोलाइएकोप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको भन्दै नेता/कार्यकर्ताहरूलाई भेलामा सहभागी नहुन निर्देशन दिनुभएकाे हाे ।

नेपाल-खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएपछि ओली पक्षले भेलालाई अनधिकृत गुट भेलाको संज्ञा दिएको छ ।

‘अनधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागि नहुने नेकपा एमाले सबै कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ,’ ओली पक्षका नेता पोखरेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ।’

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले ब्युँतिने फैसला गरेपछि ओली र खनाल-नेपाल पक्षले छुट्टाछुट्टै रूपमा गतिविधि गर्दै आएका छन्।

प्रतिक्रिया