चरा पर्यटनका लागि लुम्बिनी स्वर्ग हो : चराविद

रुपन्देही ।
जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।
यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ । गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिनुभयो ।
सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उहाँले बताउनुभयो ।त्यस्तै पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइनेछ । कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा हेमसागर बराल र वेटल्यान्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ ।
यसैबिच लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी क्षेत्र चरा पर्यटनको स्वर्ग भएको बताएका छन् । पानी, सिमसार र घासेमैदानमा बस्ने ४ सय बढि चरा लुम्बिनी आसपास देख्न पाइने हुँदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तव्य रहेको उनले बताए ।

उनले जलपक्षी गणनामा सहभागी स्थानीय संयोजक चराविद तथा नेचर गाईडको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीको सोमबार उद्घाटन गर्र्दै उनले चरा संरक्षणका लागि बेलैमा योजना बनाउन आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले चराकै महत्व बुझाउन नगरपालिकाले उड्न सक्ने विश्वकै अग्लो पक्षी सारसलाई नगर पक्षी घोषणा गरेको बताए । सारस संरक्षणको योजना बनाएका छौँ उनले भने शान्तिकालागि लुम्बिनी आउनेलाई सारसको मनमोहकताले लोभ्याएर यहाँको बसाईको समय बढाउन लागेका छौँ ।

जलपक्षी गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद डा। हेमसागर बरालले चरा पर्यटनको आकर्षण थप्न पानी चराले खेल्ने भूमिका अतुलनीय रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडयाल र हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा। तुल्सी सुवेदी लगायतले सिमसार क्षेत्र संरक्षण गरेर चरा संरक्षणमा सहयोग पुग्ने बताए ।

जलपक्षी गणना अझ बढि व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले आयोजित छलफलमा गणनाका विषयमा विकास भएका नयाँ तौर तरिका, प्रविधि र योजनाबारे जानकारी दिइएको छ ।

नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रिय रुपमा संयोजन गर्दै आएको हिमाली प्रकृतिको आयोजनामा हुने कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताकाबारे पनि निचोड निकालिएको छ । नेपालका सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नु पर्ने कामकाबारे पनि स्थान विशेषकाबारे अन्तक्र्र्रिया गरिएको छ ।

त्यस्तै पानी चराको अवस्था र चरा आवागमन सहज बनाउने र संरक्षणमा गर्नु पर्ने कामबारे पनि छलफल गरिएको छ । जलपन्छी संरक्षण र सिमसार क्षेत्रको दीगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा जानकारी दिइएकोछ ।

मंगलबारसम्म संचालन हुने गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कंचनपुर लगायतका ठाउँबाट ३५ बढी चराविद सहभागी रहेको हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा। तुल्सी सुवेदीले बताए ।

कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद डा। हेमसागर बराल र वेटल्याण्ड ईन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा। तेज मुण्दकरले नेपाल, दक्षिण एशिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नु पर्ने कामबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया