‘नैतिकता छ भने ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्छ’

काठमाण्डाै

वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डाक्टर चन्द्रकान्त  ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै राजीनामा दिइहाल्नुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि उज्यालोसँग कुराकानी गर्दै ज्ञवालीले भन्नुभयो, ‘उहाँ आफैले मारिसकेको प्रतिनिधि सभा पुनर्स्थापना भएको छ, उहाँमा यदि नैतिकता छ भने आजैका मितिमा अहिले नै अविलम्ब राजीनामा दिनुपर्छ, उहाँले राजीनामा दिनुभएन भने उहाँमाथि गम्भीर संवैधानिक प्रश्न उठ्छ र अवहेलनाको मुद्दा पनि लाग्छ सक्छ ।’

संविधानविद् चन्द्रकान्त ज्ञवालीले सर्वोच्चको फैसलापछि देशमा अझै न्याय ज्यूँदै छ भन्ने प्रमाण रहेको बताउनुभयो । उहाँले संविधानको आत्मा मार्न खोजिएकोमा अब आत्मा बाँचेको छ भन्ने सन्देश पनि अदालतले दिएको बताउनुभयो । देशमा विधिको शासन चल्नुपर्छ भन्ने पनि सन्देश प्रवाह भएको उहाँकाे भनाइ छ ।

‘कार्यकारिणीले संविधानलाई मिचेर जस्तो पनि निर्णय गर्न पाइँदैन भन्ने बलियो सन्देश फैसलाले दिएको छ, संविधान मार्ने प्रयास असफल भएको छ’, ज्ञवालीले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं FacebookYouTube मा पनि जोडिन सक्नुहुन्छ ।