पुस ५ गतेबाट नयाँ युद्धमा छौँ , सर्वाेच्चले सहि निर्णय गर्छ : प्रचण्ड

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले गत पुस ५ गतेदेखि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउनुभएको छ । मंगलबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहाले गत पुष ५ गतेदेखि आफूहरु रक्तपातविहीन युद्धमा रहेको बताउनुभएको हो ।

त्यस्तै, उहाँले सर्वोच्च अदालतप्रति आफूहरुको विश्वास रहेको बताउँदै अदालतले सही फैसला गर्ने बताउनुभयो । यसैक्रममा अध्यक्ष दाहालले प्रतिनिधि विघटनलाई प्रतिगमन बताउँदै त्यसविरुद्ध हुँदै आएको सम्पूर्ण आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिनुभयो । अहिलेको युद्ध आफूहरुले जित्नु उहाँको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको पनि अध्यक्ष दाहालको आरोप छ । उहाँले एकताको झण्डा आफूहरुले उठाएका तर, केपी ओलीले फुटको बाटो रोजेर प्रतिनिधि सभा विघटन र बिसर्जनको बाटो राजेको बताउनुभयो ।

प्रतिक्रिया