मन्त्रीमाथि पेट्रोल बम प्रहार, अवस्था गम्भीर

काठमाडौं

भारत पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन् । उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको छ ।

मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जानका लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बम प्रहारको भारतभर निन्दा भइरहेको छ ।

यसैबीच भारतका पूर्व केन्द्रीय मन्त्री एवम् कांग्रेस नेता क्याप्टेन सतिश शर्माको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा बुधबार गोवामा निधन भएको हो ।

उनी सन् १९९३ देखि १९९६ सम्म पेट्रोलियम एवम् प्राकृतिक ग्यास मन्त्री बनेका थिए ।

प्रतिक्रिया