कपिलवस्तुमा भएको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा होङजी न्यूडायमण्डले उपाधी चुम्यो

राधा पाण्डे

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा भएको प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल प्रतियोगितामा होङजी न्यूडायमण्ड काठमाडौले पहिलो जित हासिल गरेको छ । प्रतियोगितामा कुवरवर्ती बोर्डिङ स्कुल रुपन्देहीलाई सोझो सेटमा (२५–१९, २५–११) ले पछि पार्दै होङ्जिले १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यस्तै कुवरवर्ति बोर्डिङ स्कुल रातो रुपन्देहीले दोस्रो पुरस्कार हात पारेको छ ।

त्यस्तै एभरेष्ट मावि रुपन्देही र न्यू होराईजन क्लब बुटवलबिच भएको खेलमा (२५–१५,१२–२५,२१–२५,१६–२५) को सेटमा ३–१ ले एभरेष्ट मावि रुपन्देहीलाई पछि पार्दै न्यु होराइजन क्लब बुटवलले तृतीय स्थान हात पार्न सफल भएको छ भने एभरेष्ट मावि रुपन्देही सान्त्वना स्थानमा सिमित बन्यो । प्रतियोगितामा दर्शकहरुको पनि बाक्लो उपस्थिति थियो । फाइन खेलहरु निकै रोचक थिए ।
बिद्यालयका बालबालिकाहरुको प्रतिभा विकास गरेर खेल प्रति रुचि जगाउने उद्देश्यले आयोजित प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ माध्यमिक विद्यालय टीम सहभागि थिए। त्यस्तै नेपालका चर्चित क्लब पोखराको शान्ता भलिवल क्लब र काठमाडौंको होङसी न्यूडायमन्ड महिला भलिवल क्लब गरि ८ टोली सहभागी थिए ।

राष्ट्रिय महिला भलिवल च्याम्पियन्स विजेता होङ्सी न्यु डायमण्ड्ले एक लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै देशको गौरब बढाएको छ। उपविजेता कुवरवर्ती बोर्डिङ स्कुल रुपन्देहीले ७० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया