नेपाल राष्ट्र र प्रजातन्त्रका विभिन्न मोडेलहरु

– भिमनाथ शर्मा

अमेरीकी विद्वान लेरीको भनाइमा त प्रजातन्त्रमा प्रतिपक्ष हुनै पर्छ भन्ने पनि होइन रहेछ।
प्रजान्त्रका विभिन्न मोडलहरु हेर्दा संसारमा धैरे नै प्रकारका प्रजानन्त्रका मोडलहरु देख्न पाइन्छन। अमेरीकामा राष्ट्रपतीय प्रणाली छ। बेलायतमा पनि प्रजातन्त्रको एक अर्को मोडेल छ : संवैधानिक राजसंस्थात्मक प्रजातन्त्र । भारत र नेपालमा संसदीय बहुमतीय प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुनिन्छन। संविधान सभाको चुनावको बेला देखि नै नेपालमा प्रजातन्त्रका निम्न ३ किसिमका मोडलको बारेमा चर्चा चलेकै हो।
१. कार्यकारी राष्ट्रपतीय प्रणाली – मावोबादीको एजेन्डा ।
२. कार्यकारी प्रधानमन्त्रीलाई प्रत्यक्ष चुन्न पाउने – एमालेको एजेन्डा।
३. संसदिय बहुमतीय प्रजातन्त्र – काँग्रेसले भने बमोजिम रहेको हालको संविधान अनुरुपको बहुमतीय       प्रधानमन्त्रीको ब्यवस्था।

विभिन्न विद्वानहरुले प्रजातन्त्रको आआफ्नै तरिकाले ब्याख्या गर्लान तर प्रजातन्त्रका विभिन्न मोडलहरुमा प्रजातन्त्रको मुख्य विशेषता भनेकै आवधिक निर्वाचन रहेछ। भारतीय उपमहांद्विपमा रहेका विभिन्न देशहरुमा विभिन्न किसिमकै शासन छ।

उपरोक्त मोडेलहरुबाहेकका अन्य मोडलहरु पनि होलान। तर कुनै पनि देशका लागि कुन चाही मोडेल उपयुक्त हो भन्ने कुराको मापन कसरी गर्ने । नेपालमा पंचायत देखि हालको संसदीय बहुमतीय प्रजातान्त्रिक मोडेललाइ हाल सम्मको अनुभवले सफल वा असफल मान्ने हो सो को निर्क्यौल चाहीँ यी ब्यवस्थाहरुबाट जनता र देशलाइ पुगेको आर्थिक, समाजिक लाभ वा हानीका विभिन्न मापदण्ड र सूचकहरु बनाइ तथ्याङ्किय विश्लेक्षण गर्नु अनिवार्य छ।
प्रजातन्त्रको विभिन्न मोडेलहरु हुनसक्दा रहेछन भने प्रजातन्त्र हुनकालागि के कस्ता कुराहरुले सो शासन प्रणाली युक्त हुनु पर्छ त। सामान्यतया प्रजातन्त्रका आधारभूत तत्व निम्न हुन भनिन्छ ।

क) सामान्यतया प्रजातन्त्रको सर्वमान्य आधारभूत तत्वहरु :

१.आम निर्वाचन
२. नागरिक प्रति उत्तरदायी संघसंस्थाहरु।
३. स्वतन्त्र न्यायपालिका।
४. प्रतिपक्ष।
५. कानुनको शासन। 

ख) अमेरीकन विद्वान लेरी डायमोन्ड भन्छन कि प्रजातन्त्रका ४ वटा आधारभूत शीला हुन।

१. आम निर्वाचन।
२. राजनिति र सामाजिक कृयाकलापहरुमा आम नागरिककको सक्रिय सहभागीता।
३. नागरिक अधिकारको संरक्षण।
४. कानुनको शासन ।

विभिन्न विद्वानहरुले प्रजातन्त्रको आआफ्नै तरिकाले ब्याख्या गर्लान तर प्रजातन्त्रका विभिन्न मोडलहरुमा प्रजातन्त्रको मुख्य विशेषता भनेकै आवधिक निर्वाचन रहेछ। भारतीय उपमहांद्विपमा रहेका विभिन्न देशहरुमा विभिन्न किसिमकै शासन छ।
१. भारत, बाङ्ग्लादेश र नेपालमा – संसदीय बहुमतीयमा आधारीत कार्यकारी प्रधानमन्त्री।
२. भुटान – सक्रिय राजतन्त्र।
३. पाकिस्तान- हालमा संसदीय बहुमतीय प्रणाली भए पनि त्यहाँ सैनिक शासन र निर्वाचनीय प्रणालीको शासन बेला बेलामा आलोपालो भैरहेको पाइन्छ।
४. श्रीलङका र मालद्विप – संसदीय राष्ट्रपति कार्यकारी।
५. म्यानमार – हाल पुन स् सैनिक शासन।
६. अफगानिस्तान – चरणबद्ध रुपमा निर्वाचित कार्यकारी राष्ट्रपति।

यसरी यो सानो भारतीय उपमहाद्विपको यस्तो विशेषता छ कि यहाँ विभिन्न प्रकारका शासन ब्यवस्थाहरु देख्न पाइन्छ। यसकारण कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था र ऐतिहासिक पृष्ठभुमिको आधारमा कुन चाही मोडेलको प्रजातन्त्र या कुन चाही मोडेलको शासन ब्यवस्था चुन्ने हो सो को निर्क्यौल कुनै राजनितिक लहड र रहरबाट हुने चै होइन। बेलायतमा दुइ वटा मात्र पार्टी रहने विधान छ भने भारत नेपालमा जति पनि राजनितिक पार्टिहरु रहन सक्दछन। धेरै या थोरै पार्टीहरु रहने पाउने विषय चाही गौड नै भयो। यसका कुनै सिमाङ्कन भने छैन।अमेरीकी विद्वान लेरीको भनाइमा त प्रजातन्त्रमा प्रतिपक्ष हुनै पर्छ भन्ने पनि होइन रहेछ।नेपालको पंचायती ब्यवस्थामा पनि प्रतिपक्षको ब्यवस्था त थिएन तर आवधिक निर्वाचन हुने गर्दथ्यो।

अब कुन चाही मोडेलको प्रजातन्त्र नेपालमा उपयुक्त होला भन्ने विषयमा नेपाल मात्र हैन संसार भरीकै देशलाइ आ आफ्नो देशको भूगोल र इतिहासको गौरव बढाउन मार्ग दर्शन गर्दै ख्याती प्राप्त भारतीय विद्वान श्री वि पि मेनन भन्नुहुन्छ की – “जो राष्ट्र आफ्नो इतिहास तथा आफ्नो भूगोलबाट बिमुख हुन्छ त्यस राष्ट्रको बिनाश सुनिश्चित छ”।

आवधिक निर्वाचन नै प्रजातन्त्रको आधारभूत शिला रहेछ। कुनै पनि देशलाइ देशको माटो सुहाउदो र इतिहासको गौरव बढाउने शासन ब्यवस्थाको खाँचो पर्दछ। नेपालमा पंचायती शासनमा पनि निर्वाचन हुने गर्दथ्यो। २०४७ सालको संविधान र हालको संविधानमा पनि निर्वाचन हुने गरेकै छ। तर नेपालमा परिक्षण भैसकेका प्रजातन्त्रका मोडेलहरु मध्ये कुन चाही सर्वोत्कृष्ठ त …….. ?

निर्वाचन त पंचायतमा पनि हुने नै गर्दथ्यो। निर्वाचनबाटै जन प्रतिनिधिहरुको चुनाव हुन्थ्यो भने पंचायती ब्यवस्थालाइ कसरी तानाशाही मान्ने तरु पंचायतमा पनि चुनावबाटै निर्वाचित प्रतिनिधिहरु मार्फत शासन हुने हुदा नै पंचायतलाइ पंचायती प्रजातन्त्र भनियो।प्रतिपक्ष नरहे पनि यस पंचायती ब्यवस्थालाइ लेरीको भनाइ अनुसार प्रजातन्त्र हैन भनेर भन्न नसकिने रहेछ।

अत : अब कुन चाही मोडेलको प्रजातन्त्र नेपालमा उपयुक्त होला भन्ने विषयमा नेपाल मात्र हैन संसार भरीकै देशलाइ आ आफ्नो देशको भूगोल र इतिहासको गौरव बढाउन मार्ग दर्शन गर्दै ख्याती प्राप्त भारतीय विद्वान श्री वि पि मेनन भन्नुहुन्छ की – “जो राष्ट्र आफ्नो इतिहास तथा आफ्नो भूगोलबाट बिमुख हुन्छ त्यस राष्ट्रको बिनाश सुनिश्चित छ”।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं FacebookYouTube मा पनि जोडिन सक्नुहुन्छ ।