नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भुभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भुभागहरुमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश न। १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू( भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एकरदुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

महाशाखाका अनुसार मंगलबार देशको पुर्वी पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया