छिमेकीले ढुंगा प्रहार गर्दा बिकको ज्यान गयो

दाङ।
छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका(१३ लाते बस्‍ने २१ वर्षीय रामु बिकको आइतबार साँझ मृत्यु भएको छ ।

आपसी विवादमा सोही ठाउँ बस्‍ने २० वर्षीय खिमबहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

हत्या गरी फरार रहेका पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया