महिला लिग : खेल तालिका चार दिन पर सर्‍यो

काठमाण्डौ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले महिला लिग फुटबल अन्तर्गत आजदेखि मंगलबारसम्मका खेल स्थगित गरेको छ ।
चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ । चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ ।

तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो । यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो ।

तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ ।

प्रतिक्रिया