यौनजन्य दुव्र्यवहार विरुद्ध प्रदेश प्रहरीको विशेष अभियान

पुष २६ कपिलवस्तु ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध लुम्बिनी प्रदेश प्रहरीले विशेष अभियान संचालन गरेको छ ।
अभियान अन्र्तगत दुव्र्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित,सभ्य र महिला तथा वालवालिका मैत्री वातावरणको सिर्जना गर्ने उद्देश्य सहित यौनजन्य दुव्र्यवहार विरुद्धको विशेष अभियान संचालन गरिएको प्रदेश प्रहरी प्रवक्ता तथा एसएसपी राजकुमार बैदवारद्धारा जारी एक प्रेस नोटमा उल्लेख गरिएको छ ।

पुष १ गते देखि सुरुभएको सो अभियन फाल्गुण मसान्त सम्म तीन महिना संचालन हुने पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियान अन्र्तगत प्रहरीले पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ भने पुष २४ गते देखि दोस्रो र तेस्रो चरणको कार्यहरु भईरहेको बैदवाले जानकारी दिनुभयो ।
अभियानको अन्त्य सम्म कम्तिमा ७ सय २० वटा कार्यक्रम संचालन गर्ने पनि लक्ष्य लिइएको छ ।

प्रतिक्रिया