मंसिर २९ मा कपिलवस्तुमा बृहत र्यालीको घोषणा, संविधान र संघियता नै खारेजीको माग

200Views
0 Shares

सागर पौडेल

मंसिर २३ कपिलवस्तु ।

कपिलवस्तुवासी जनता नाम दिइएको एक अभियानले मंसिर २९ गते कपिलवस्तुमा बृहत ¥यालीको घोषणा गरेको छ ।
मुलुक बचाउन, नागरिकतन्त्रको रक्षा गर्न र नागरिक स्वतन्त्रता तथा जीवन रक्षाका लागि वर्तमान व्यवस्था र सरकार असफल भएको भन्दै सो अभियानले नेपालको झण्डा सहित मंसिर २९ गते ¥यालीको घोषणा गरको हो ।गणतन्त्र र भ्रष्टाचार बिरुद्ध एक होऔँ, हिन्दु अधिराज्य र राजसंस्था फर्काउन सहभागी बनौँ भन्ने नाराका साथ सो र्याली निकाल्न थालिएको छ ।

मंगलबार कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित ठाकुरापुरमा बसेको अभियान्ताहरुको बैठकले कपिलवस्तुको चारनम्बर जितपुर स्थित बुद्धरंगशालाबाट मंसिर २९ गते र्याली निकाल्ने निर्णय गरको अभियानका संयोजक भिष्मराज ढुङ्गानाले जानाकरी दिनुभयो । सो ¥याली सदरमुकाम तौलिहवा सम्म पुग्ने जनाइएको छ । अभियान्ताहरुले २०७२ सालको संविधान खारेजीको पनि माग गरेका छन् । अभियानका जिल्ला संयोजक ढुङ्गानाले मंसिर २९ गते भनिएको ¥यालीको मुख्य उद्धेश्य मुलुकले धान्न नसकेको संघियताको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ ।

नेपालको झण्डा सहितको सो ¥यालीमा सहभागिताका लागि पनि अभियानले कपिलवस्तुका जनताहरुलाई आह्वान पनि गरको छ । यो अभियानमा सबै राजनैतिक दल निकटका नागरिकहरु रहेको बताइएको छ । दल निकट राजनितिक अभियान भन्दा फरक किसिमले ¥यालीको घोषणा गरिएको अभियानका संयोजक भिष्मराज ढुङ्गानाले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here