प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकपछि बरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्ताबादतर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताउनुभयो ।
पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने र आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको उहाले बताउनुभयो । पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको जानकारी पनि दिनुभयो ।पौडेलले सरकारमा रहेका बेला देशलाई कम्युनिष्ट चरित्रमा लैजानुपर्छ भन्ने मानसिकताबाट सरकार अघि बढेको भन्दै यसको पहिलो चरण तनहुँमा देखिएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रबादी भएको पुष्टि गर्न चुनौती दिनुभयो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।