जन्मदिनमा संचारकर्मी अनिताले गरिन् शैक्षिक सामग्री प्रदान

 राधा पाण्डे, पुस १४ कपिलवस्तु।

जन्मदिनको विशेष अवसरमा संचारकर्मी अनिता क्षेत्रीले शैक्षिक सामग्री प्रदान गरेकी छन् ।

अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुलाई कार्यथलो बनाएकी क्षेत्रीले नव दुर्गा आधारभूत विद्यालय मोतीपुर डाँडामा अध्ययनरत २ छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् । आर्थिक अवस्था न्यून रहेका लक्ष्मी पुन र सुजन पुनलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विगतका केही वर्ष यता कपिलवस्तु र अर्घाखाँचीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएकी उनले आगामी दिनमा पनि निरन्तरता बताइन् । आफुले गरेको सानो सहयोगले विद्यार्थीलाई केहि भएपनि सहयोग मिल्ने उनले बताएकी छन् ।

कार्यक्रम अनिता क्षेत्रीको अध्यक्षता, विद्यालयका प्र.अ. बलराम पाण्डेको प्रमुख आतिथ्यता, संचारकर्मी राधा पाण्डेको स्वागत मन्तव्य र दीपा महतको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षक पुर्ण बहादुर गुरुङ, सागर पौडेल, तिलक ज्ञवालीले जन्म दिनको अवसरमा क्षेत्रीले गरेको यो कार्य सह्राहनीय रहेका बताएका थिए ।

शिक्षक, विद्यार्थी, संचारकर्मी लगायत लोक गायकको समेत उपस्थिति रहेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया