जसपा कपिलवस्तुका कार्यक्रम : पुत्ला दहन देखि जनप्रर्दशन सम्म (विज्ञप्ति सहित )

सेयर गर्नुहोस्
29Shares

पुष ९ कपिलवस्तु ।
जनता समाजावदी पार्टी नेपाल कपिलवस्तुले शुक्रबार कपिलवस्तुका १० वटै स्थानिय तहका मुख्य केन्द्रहरुमा बिरोध सभा सँगै प्रर्दशनको घोषणा गरेको छ । प्रतिनिधि सभा विघठनको विषयलाई लिएर जसपा कपिलवस्तुले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार बुधबार जिल्लामा विरोध प्रर्दशन सँगै ¥याली निकालेको थियो । सोही कार्यक्रम अन्र्तगत भोली जिल्लाभरका स्थानिय तहका मुख्य केन्द्रमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरिने जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
जसपा कपिलवस्तुले विरोध कार्यक्रमका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी पनि बाँडफाँड गरेको जनाएको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा नेता सहसराम यादवले नेतृत्व गर्ने जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो । त्यस्तै शुद्धोधन गाउँपालिकामा निशार अहमद खाँ, कमलेश शरण चौधरी, मायादेवी गाउँपालिकामा बजरंगी चौधारी, गिता तिवारी, शिवराज नगरपालिकामा रविदत्त मिश्रा, तौफिक मुसलमान लगाएतका नेताहरुले बिरोध सभाको नेतृत्व गर्ने पनिप यादवले बताउनुभयो । त्यस्तै विजयनगर गाउँपालिकामा रामप्रकाश चौधरी, कृष्णनगर नगरपालिकामा मंगलप्रसाद गुप्ता, महाराजगंञ्ज नगरपालिकामा ओमकारनाथ शुक्ला, यशोधरा गाउँपालिकामा रामलखन जयशवाल बुद्धभुमि नगरपालिकामा विष्णुहरी शर्मा, सन्दिप पाण्डेय र वाणगंगा नगरपालिकामा दानबहादुर चौधरी, नारायण खनाल, चोपलाल राहुल लगाएतका नेताहरुले विरोध सभाको नेतृत्व गर्ने जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले जानकारी दिएको छ ।
यसैबिच जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले पुष ११ र १२ गते पनि जिल्लाका विभिन्न स्थानमा मलाश जुलुस सँगै जनप्रर्दशन गर्ने पनि जनाएको छ । प्रतिनिधि सभाको विघठन असम्बैधानिक र अलोकतान्त्रिक भएको भन्दै जसपाले देशभर विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ओली पक्षद्धारा प्रदेशमा संयोजक नियुक्त, लुम्बिनीमा पोख्रेल चयन
अगिल्लो पोस्ट घुसको वार्गेनिङ गराउने लेखनदासविरुद्ध भ्रष्टाचार मुद्दा