वैज्ञानिक वन व्यावस्थापनमा लगाएको अंकुशको कपिलवस्तुमा विरोध

राधा पाण्डे
कपिलवस्तु, पौष ३

वैज्ञानिक वन व्यावस्थापन सरोकारवालाको संजाल कपिलवस्तुले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले वैज्ञानिक वन व्यावस्थापनमा लगाएको अंकुशको विरोध गर्दै वैज्ञानिक वन व्यावस्थापनलाई निरन्तरता दिनुपर्ने माग सहित शुक्रबार जिल्लाको गोरुसिंगे स्थित थारु कल्याणकारिणी सभाहलमा पत्रकार सम्मेलन मार्फत सरकारलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र प्रस्तुत गरेको हो ।

संजालले उपभोक्तामा पर्न गएको असर, आर्थीक क्रान्ति लगायतका विषयमा आवाज उठाउन आग्रह गर्दै सरकार अवैधानिक भएको ठहर सहित आन्दोलनका कार्यक्रम घोषणा गरिएको र आन्दोलनबाट माग पूरा नभए मुद्दा दायर गर्ने समेत बताएको छ ।

वैज्ञानिक वन व्यावस्थापन सम्बन्धमा भ्रामक रुपमा उठेका तथ्यहिन विवरणलाई मध्यनजर गरी वैज्ञानिक वन व्यावस्थापन पद्धतिद्धारा व्यावस्थापन भइरहेको प्रणालीको अस्तित्व नै सखाप हुने गरी चुनौती थपिएकोले उक्त तथ्यहिन विवरणलाई हटाउँदै विभिन्न नीतिगत धारणाहरु स्थापित गर्न वैज्ञानिक वन व्यावस्थापन प्रणालीको सुरुवात गरिएको हो ।

संजालका अध्यक्ष रेनु सेनद्धारा हस्ताक्षरित पत्रमा वैज्ञानिक वन व्यावस्थापनको विषयमा संघीय सरकार अन्तर्गत वातावरण समिति २०७२ सालमा रोक्का गर्ने गरेको निणर्य र हाल मन्त्रीपरिषद्बाट २०७७।२।१५ मा भएको निणर्य अनुसार देशभरीमा विगत १० वर्षदेखि विज्ञान सम्मत वैज्ञानिक वन व्यावस्थापन कार्य भैरहेको सर्वविदितै छ । हाल देश भित्रका र केही बाहिरी शक्तिहरुको चलखेलबाट मन्त्रीपरिषद्बाट भएको निणर्य विज्ञानलाई वेवास्ता गर्दै हचुवाको भरमा शिक्षा क्षेत्र विज्ञानको मर्म नबुझी निणर्य गरी जारी भएको आदेश अनुसार विभिन्न समितिले राजनीतिक हिसाबले पूर्वाग्राही ढंगले प्रस्तुत भएको ठहर गरिएको छ ।

ूवैज्ञानिक वन व्यावस्थापन कार्यविधि २०७१ अनुसार कार्यान्वयनमा जाँदा के कस्तो सकारात्मक र नकारात्मक असरहरु देखिए भन्ने तथ्यहरु केलाएर स्पष्ट रुपमा सुझावहरु समावेश नगरिएको पत्रमा उल्लेख छ । सो प्रतिवेदनको अधिकांश नीतिगत तथा कानुनी प्रावधानमा वन ऐन २०४९ र वन नियमावली २०५१ मा दिगो वन व्यावस्थापन गर्ने उल्लेख गरेको र नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ अनुसार संघीय निर्देशिका र कार्यविधिहरु मन्त्रीपरिषद्बाट स्वीकृत हुनुपर्ने वन ऐन २०७६ तथा वातावरणीय संरक्षण ऐन २०७५ मा भएका प्रावधान बमोजिम नभएकोले कार्यविधि २०७१ खारेज हुनुपर्ने र कार्यविधि २०७१ अनुसार कार्य योजना स्वीकृत तथा कार्यान्यन भएका तत्कालिन समयदेखि हालसम्म कार्यरत डिभिजन वन अधिकृत प्रदेश वन निर्देशक प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पदाधिकारीहरु र साझेदारी वन व्यावस्थापन समितिका पदाधिकारीहरुको रुपमा रहेको निर्वाचित जनप्रतिनिधिहरु लगायत जिम्मेवार सबै व्यक्तिहरु उपर आवश्यक कानुनी कारबाही गर्न सिफारिस गरिएको पुनश्च अनुसूची ६,७,८मा केही व्यक्तिहरु तथा सामुदायिक र साझेदारी वनको नाम उल्लेख गरी वन ऐन २०७६ तथा वातावरण संरक्षण ऐन २०७५ अनुसार कारबाहीको सिफारिस गर्न मिल्ने नमिल्ेन सम्बन्धमा कानुन तर्जुमा गर्ने संस्थामा रहनुहुने माननीय सांसद ज्यूहरुले सोच्नुपर्ने विषय देखिन्छ ज्ञापन पत्रमा लेखिएको छ । ू

ूवन पैदावार आपूर्ती समिति प्रभावहिन देखिएकोले खारेज हुनुपर्ने, रेड कार्यान्वयन रणनीति (२०७५देखि २०७९) कार्यान्वयनमा नल्याइनु, सामुदायिक, साझेदारी वन विभागबाट स्वीकृत वन व्यावस्थापन कार्ययोजना नै अध्ययन नगरी आफूले सुनेजानेका कुराको आधारमा वन विज्ञान र वैज्ञानिक वन गलत वा असफल भन्नु अनुचित रहेको संजालको ठहर छ । विदेशीहरुको भत्ता र एजेण्डामा नेपालको स्थानीय वन व्यावस्थापनलाई माध्यम बनाएर नेपाललाई द्धन्द्धमा फसाउने व्यक्ति वा समूहको प्रभावमा परेर वैज्ञानिक वन व्यावस्थापन प्रणाली माथि कुठाराघात गर्न खोजिएकोू भन्दै यस्तो कार्य रोक्न आग्रह गरिएको हो ।

संजालले वैज्ञानिक वन व्यावस्थापनलाई निरन्तरता नदिए चरणबद्ध रुपमा आन्दोलन सहित विभिन्न कार्यक्रमहरु ऋगााडी बढाउने घोषणा समेत गरेको छ । यही पौष ५ गतेदेखि १० गतेसम्म जनजागरण अभियान संचालन गर्ने, पौष ११ गते डिभिजन वन कार्यालय कपिलवस्तु तथा जिल्ला प्रशासन कार्यालय घेरा गर्ने, १३ गते गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटा घेराउ गर्ने र १५ गतेसम्म कुनै पनि सुनुवाई नभए कपिलवस्तु जिल्लाभित्र यातायात बन्द गर्ने घोषणा गरेको छ ।

संजालका वरिष्ठ सल्लाहकार तथा तिलौराकोट साझेदारी सामुदायिक वनका अध्यक्ष जयप्रकाश पाण्डेले आर्थिक समृद्धिका लागि, रोजगारी सिर्जना गर्न, सामाजिक हित र वातावरणीय हिसावले वैज्ञानिक वन व्यावस्थापन राम्रो रहेको र यसलाई सरकारले स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्तो प्रणालीले अर्थतन्त्रमा टेवा पुर्याउने भएकोले यो अवधारणा स्वीकार गर्न सरकारलाई आग्रह गर्नुभयो ।

संजालका अध्यक्ष रेनु सेनको अध्यक्षता रहेको कार्यक्रममा संजालका सह संयोजक शेषकान्त बेल्बासेको स्वागत मन्तव्य रहेको थियो । यस्तै कपिलवस्तुका वैज्ञानिक वन व्यावस्थापन लागू भएका सम्पूर्ण वनका पदाधिकारीहरु, डेढ दर्जन पत्रकारहरुको आतिथ्यता रहेको कार्यक्रमको संचालन संजालका सचिव सूर्यबहादुर मल्लले गर्नुभएको थियो ।

प्रतिक्रिया