झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण

सेयर गर्नुहोस्
152Shares
कपिलबस्तु, मंसीर १४
कपिलबस्तु नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण भइरहेको पाईएको छ । कपिलबस्तु नगरपालिका १ सरिम पैथालोजीको अगाडी रहेको असरफ अली मासु पसलमा अत्यन्तै फोहोर, हरियो झिंगा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको हो ।
त्यससंगै मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिंगा भन्काएर राख्दै मासु बिक्री गरिरहेको देखिन्छ । मासु राखेको कोठा अत्यन्तै फोहोर र फ्रिज समेत नराखिएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले मासु पसललाई दशै लगत्तै सात दिन भित्र पसल दर्ता र नविकरण गरिसक्नु पर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको भए पनि त्यसको पालना गरिएको छैन् ।
मापदण्ड विपरित संचालित मासु पसल बन्द गराईने पसल तथा व्याबसाय दर्तालाई कडाईका साथ लागू गर्ने बताउँदै व्याबसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य बस्तु बिक्री गर्ने लाई कारबाही हुनुपर्ने स्थानियहरु माग रहेको छ ।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सरकारद्धारा अस्विकार
अगिल्लो पोस्ट चिनियाँ रक्षामन्त्री फेङ्हेले प्रधानमन्त्री ओलीलाई भेटे