सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम

सेयर गर्नुहोस्
265Shares

ई–साझाकुरा, मंसिर १४

आइतबार (आज) पनि नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक र सेयर कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेको हो ।

नेप्से परिसूचक ३.९६ प्रतिशत बढेर १ हजार ९ सय ६८.२७ अंक भन्दा माथि परिसूचक पुगेको छ । त्यस्तै, सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेर नयाँ रेकर्ड बनाएको छ । त्यसोत गत विहीबार मात्रै पनि सात अर्ब नाघेर नयाँ रेकर्ड गरेको थियो ।

आज (आइतबार) दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जहाँ कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

बैंक, विकास बैंक, जीवन बीमालगायत समूहका लगानीकर्ताहरुले कमाएका छन्, भने व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट हेलिकप्टरमा ठोकियो चिल, नुवाकोटमा आकस्मिक अवतरण, हेलिकप्टरमा पनि क्षति
अगिल्लो पोस्ट इस्मा गाउँपालिकामा सार्वजनिक विदा