हेलिकप्टरमा ठोकियो चिल, नुवाकोटमा आकस्मिक अवतरण, हेलिकप्टरमा पनि क्षति

सेयर गर्नुहोस्
126Shares

ई–साझाकुरा, मंसिर १४

बाग्लुङबाट काठमाडौं आउदै गरेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण भएको छ । उडिरहेकै बेला चिलसँग ठोकिएपछि दुर्घटनाबाट जोगाउन कैलाश एयरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बताइएको छ । अहिले हेलिकप्टर नुवाकोटको बेलकोटगढी नगरपालिका ६ मा अवतरण गरिएको छ ।

हेलिकप्टरको अगाडि भागमा समेत केही क्षति पुगेका कारण त्यहाँ रहेका यात्रुहरूलाई लिन अर्को हेलिकप्टर पठाइएको बताइएको छ । एक यात्रुसमेत सामान्य घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय बढी
अगिल्लो पोस्ट सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम