नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय बढी

सेयर गर्नुहोस्
0Shares

मंसिर १४, काठमाण्डौ ।
गएको २४ घण्टामा नेपालमा १ हजार २ सय ५५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको थियो । आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् । स्वास्थय मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जनाले कोरोनालाई जितेका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
यस्तै गएको २४ घन्टामा २५ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुको वाणगंगामा थप एक काेराेना संक्रमितकाे मृत्युु
अगिल्लो पोस्ट हेलिकप्टरमा ठोकियो चिल, नुवाकोटमा आकस्मिक अवतरण, हेलिकप्टरमा पनि क्षति