भोलिदेखि बुटवल-पाल्पा सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

सेयर गर्नुहोस्
0Shares

मंसिर १३, ई–साझाकुरा

पटकपटक पहिरो र धुलोका कारण चर्चामा आईरहने सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड भोलि (मंसिर १४) देखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

सडकको स्तरोन्नति एवं फराकिलो बनाउनको लागि झुम्सा–दोभान खण्डमा घुम्तीका मोड काट्न तथा सडक कालोपत्रे गर्न भोलि मंसिर १४ गतेदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

५ दिनसम्म हरेक दिन बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

पाल्पाको बर्तुङ्गदेखि सडक विस्तार एवं मर्मत गर्दै आएको सडक विभागले पाल्पादेखि गुल्मीको सडक समेत बिस्तार गरिसकेको छ । पहाडको साँघुरो बाटो, त्यसमा पनि अत्याधिक घुम्ती र मोडहरुको कारण बर्सेनि कयौं दुर्घटनाले मानिसहरुको ज्यान जाने गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुका एक सहति बुटवल कोरोना विशेष अस्पतालमा २ जनाको निधन
अगिल्लो पोस्ट चिनियाँ रक्षामन्त्री वेइ भोलि नेपाल आउँदै