जन्ती बोकेको जीप दुर्घटना ४ को मृत्यु, एक जना घाईते

सेयर गर्नुहोस्
2Shares

मंसिर १३ रुकुम पश्चिम
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना भएको हो। दुर्घटनामा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको आठबीसकोटका मेयर गोरखबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते छन्। जीप चालक फरार रहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा सञ्चालित अधिकांश सवारी साधन थोत्रा छन्। सडक कच्ची भएका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेकपा सचिवालय बैठक आज बस्दै
अगिल्लो पोस्ट यो साता तोलामै ३ हजारले सस्तियो सुन