गुल्मी दुर्घटना: मृतकको सनाखत, चालक सकुसल, सहचालक घाइते गुल्मी दुर्घटना: मृतकको सनाखत, चालक सकुसल, सहचालक घाइते

सेयर गर्नुहोस्
23Shares

मंसिर १२, ई–साझाकुरा

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षको बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका ५ का ८० बर्षीय सुुुुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ बर्षका फर्सुराम थापा, २८ बर्षको सरस्वती दर्लामी र सहचालक २५ बर्षको कमल हितान घाइते भएका छन् ।

चालक बुद्ध बस्नेत सकुसल रहेको अधिकारीले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जिप दुर्घटना हुँदा पाँचकाे मृत्यु, एक बेपत्ता
अगिल्लो पोस्ट कपिलवस्तुकाे विजयनगरमा टिप्परकाेे ठक्करबाट२ जना घाइते, एकको अवस्था गम्भीर