वडाध्यक्षसहित पाचँ जनालाई कीर्ते नागरिकता सिफारिसको आरोपमा प्रकाउ पुर्जी जारी

सेयर गर्नुहोस्
64Shares

मंसिर १२, ई–साझाकुरा


किर्ते नागरिकताको आरोपमा वागलुङ जिल्लाका ध्रुव वहादुर केसी सहित पाँच जना विरुद्ध जिल्ला अदालत बागलुङले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले बताएका छन् ।

पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नम्बर ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन्।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ।

फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने , इङ्ग्लिस प्रिमियर लिग
अगिल्लो पोस्ट जिप दुर्घटना हुँदा पाँचकाे मृत्यु, एक बेपत्ता