‘निवार’ नामक तुफानका कारण भारतमा पाँच जनाको ज्यान गयो : तामिलनाडुमा ठूलो पानी पर्ने सम्भावना

सेयर गर्नुहोस्
22Shares

मंसिर १२, ई–साझाकुरा

भारतमा निवार नामक तुफानका कारण पाँच जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

अहिले तुफान कमजोर भएको तर तुफानको प्रभाव कायमै रहेकाे त्यहाँको गृहमन्त्रालयलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गर्दै प्रभावित नागरिकलाई सकेसम्म सहयोग गर्ने बताउनुभएको छ ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आएका छन् । भारतकोे मौसम विज्ञान विभागले अबको दुई/तीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको सम्भावना भएको जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण तामिलनाडुमा फेरि ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

हिजो दक्षिण भारतमा आएको निवार नामक तुफानका कारण तीव्र गतिमा हावा चल्नुका साथै ठूलो पानी परेको थियो । त्यसपछि जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट यो वर्ष जाडोमा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान
अगिल्लो पोस्ट २४ घण्टामा विश्वभर ११ हजारबढी कोरोना संक्रमितको मृत्यु