राष्ट्रिय क्रिकेट टोलीका स्पिनर वसन्त रेग्मीलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
624Shares

मंसिर ११ काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । वसन्तले मंसिर पाँच गते लक्षण देखिएपछि स्वास्थ्य परिक्षण गराएको र नतिजा पोजेटिभ देखिएको जानकारी दिएका छन् । सोही कारण उनी बन्द प्रशिक्षणमा पनि अनुपस्थित भएका थिए । वसन्तको रिपोर्ट पोजेटिभ आएकै दिन क्यानले बन्द प्रशिक्षणमा बोलाउने २२ खेलाडीको नाम सार्वजनिक गरेको थियो । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको वसन्तले बतएका छन् ।
वसन्त गृहजिल्ला भैरहवा स्थित आफै घरमै आइसोलेसनमा बसेका छन् । यो सँगै नेपाली राष्ट्रिय टोलीमा कोरोना संक्रमण देखिने खेलाडीको संख्या चार पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेपालमा कोरोनाका कारण १४ सय बढीको ज्यान गयो
अगिल्लो पोस्ट मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा सरकारलाई ज्ञापनपत्र