नेपालमा कोरोनाका कारण १४ सय बढीको ज्यान गयो

सेयर गर्नुहोस्
156Shares

मंसिर ११, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ । गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो ।
पछिल्लो समय कोरोनाको गम्भीर लक्षण देखिएका व्यक्ति होम आइसोलेशनमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । उनीहरुले लक्षण देखिएमा उपचारका लागि अस्पताल जान सुझाव दिँदै आएका छन् ।
यस्तै गएको २४ घण्टामा १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म दुई लाख नौ हजार चार सय ३५ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै गएको २४ घण्टामा नौ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा १६ सय १४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय ९३ छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कक्षा १२ को उत्तरपुस्तिका परीक्षणबारे बोर्डको निर्देशन
अगिल्लो पोस्ट राष्ट्रिय क्रिकेट टोलीका स्पिनर वसन्त रेग्मीलाई कोरोना संक्रमण