कोरोनाबाट बुटवलमा थप एकको मृत्यु

सेयर गर्नुहोस्
22Shares

मंसिर ११, रुपन्देही ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।
गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट इन्टरनेट जडान ६९ प्रतिशत
अगिल्लो पोस्ट तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको एक अध्ययन