नेपाली क्रिकेटका क्याप्टेन मल्ललाई कोरोना संक्रमण

मंसिर १०, ई-साझाकुरा

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ उनले आफूलाई कोभिड-१९ पोजिटिभ देखिएको सामाजिक सञ्चाल मार्फत जानकारी गराएका हुन् ।

उनले आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत आग्रह स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेका छन् मल्लले आफू कोरोना संक्रमित भएपनि हालसम्म कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । उनले आफू केहीदिन होम आइसोलेसनमा रहने समेत जानकारी गराएका छन् ।

कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह मल्ले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

 

प्रतिक्रिया