बालयौन दुराचार आरोपमा कपिलवस्तुबाट एक शिक्षक पक्राउ

मंसिर १० कपिलवस्तु ।
बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा कपिलवस्तुका एक प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका(१० भगवानपुर स्थित बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मंगलबार पक्राउ गरेको हो । जिल्ला सदरमुकाम तौलिहवामा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई खबर गरेका थिए। गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भईरहेको बताउनुभएको छ ।
प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्षकी बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेका थिए। घटनाको पूरा विवरण थप अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ । प्रिन्सिपलले बालिकाहरूलाई यौनजन्य दुव्र्यवहार गरेको उनका परिवारले आरोप लगाएका छन् ।

आरोपि बिरुद्ध पाँच दिनको म्याद थप गरि जिल्ला अदालतबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया