बर्दिबासमा तनावग्रस्त : प्रदर्शनकारी र प्रहरीबीच झडप

सेयर गर्नुहोस्
0Shares

मंसिर १०, महोत्तरी ।
बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो। प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ ।
मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

तस्बीर रातोपाटीबाट
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट हराएका तिलौराकोटका १३ बर्षिय राहुल शाहनी भेटिए
अगिल्लो पोस्ट पछिल्लो २४ घण्टामा १ हजार ९४८ जनामा कोरोना पुष्टि