राजधानीसँग अर्थमन्त्री पद साटेको भन्दै पौडेललाई बुटवलमा तरुण दल र नेविसंघको कालोझण्डा

सेयर गर्नुहोस्
61Shares

मंसिर १०, ई–साझाकुरा

नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क नेपालगञ्जरोडमा कालोझण्डा देखाएको नेपाली काँग्रेसका युवा नेता विष्णु पोखरेलले रातोपाटीलाई बताए ।

मङ्गलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुदैछन् । सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जागे युवा सजाय गाउँ
अगिल्लो पोस्ट लोकतन्त्रमा कुनै पार्टी फुट्नुहुन्न : बाँस्कोटा