आफ्नै घरबाट हतियार सहित एक जना पक्राउ

सेयर गर्नुहोस्
333Shares

मंसिर १०, ई–साझाकुरा

पर्सामा हतियार सहित एक जना आफ्नै घरबाट पक्राउ परेका छन । पर्साको वीरगंज महानगर पालिका श्रीपुर दुर्गा टोलमा बस्ने जितेन्द्र प्रसाद सिंहलाई एक थान पेस्तोल र ४ थान गोली सहित वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताको संयुक्त टोलीले घरमा छापामारी गरि पक्राउ गरेको हो ।

आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको सुचनाको आधारमा पर्सा प्रहरीका दुई प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले घरमा खानतलासि गरि १ थान अटोमेटेड पेस्तोल, ४ राउण्ड लोडेड गोली तथा मानिस बेहोस गर्ने केमिकल सहित सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भूमि बैंकमा ४०० रोपनी बाँझो जग्गा : गाउँपालिका
अगिल्लो पोस्ट महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं – राष्ट्रपति