जुवु–वात्तिमवीच मोटरेवल पुुलको शिल्यानास

सेयर गर्नुहोस्
750Shares

राम बहादुर वन सोलुखुम्बु,मंसिर १०

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउपालिका वडा नम्बर ४ जुबु र वडा नम्बर २ कांगेल–वात्तिमलाई जोड्ने मोटरेबल पुलको आज एक कार्यक्रमकावीच शिल्यानास गरिएको छ । प्रदेश सांसद उत्तमकुमार बस्नेतको प्रमुख आतिथ्यतामा तथा थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम राईको विशेष आतिथ्यतामा शिल्यानास गरिएको हो ।

२०७६ कात्तिक २७ यातायात पुर्वाधार निर्देशनालय र निर्माण कम्पनी खाम्पाचे शेर्पावीच सम्झौता गरिएको पुलको निर्माण अवधि ३० महिनाको रहेकोमा हालसम्म १४ महिनाको काम सकिएको प्रदेश सांसद उत्तमकुमार बस्नेतले बताउनुभयो । १४ महिनामा डिजाइन,नापजाँप लगायतका काम सकिएको हो । ९३ मिटर लम्बाई र साँढे सात मिटर चौडाइ रहेको पुलको १५ करोड ८० लाख लागत रहेको बताइएको छ । कार्यक्रममा खाम्पाचे निर्माण सेवाका निर्देशक आङदावा सेर्पा,स्विस प्रोजेक्टका इञ्जिनियर सुर्य थापा, यातायात पूर्वाधार निर्देशनालयका कर्मचारीहरु,वडा नम्बर ४ जुबुका वडाध्यक्ष नातीकाजी गुरुङ,वडा नम्बर २ कांगेलका वडाध्यक्ष उदयनारायण बस्नेतलगायत स्थानियहरुको उपस्थिती रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वाणगंगा ९ मा एक शिक्षिकामा कोरोना संक्रमण
अगिल्लो पोस्ट भूमि बैंकमा ४०० रोपनी बाँझो जग्गा : गाउँपालिका